Play

नेपाली बजारमा सुनको मूल्य लगातार घट्दै

गुरुकुल खबर


पोखरा । नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि मूल्य घटेको जानकारी दिएको हो  ।

हिजो तोलामा ३०० ले घटेको सुनको मूल्य आज १०० रुपैयाँले घटेको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ छ ।

हिजो छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ थियो ।

हिजो सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम थियो ।

यस्तै, सो दिन तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको जनाएको छ ।

यससँगै, आज चाँदीको मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँ कायम छ । यसअघि, विगत ३ दिनदेखि चाँदीको मूल्य स्थिर थियो ।

२८ भाद्र २०७९, मंगलवार १९:५७ मा प्रकाशित
Nabintech