पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधबकुमार नेपालले नेकपा एमाले पार्टी कुनै दल नभएर केपी ओली फाउण्डेसन भएको आरोप लगाएका छन् ।
स्याङ्जामा पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले सो आरोप लगाएका हुन् । ‘कुनैपनि पार्टीमा व्याक्ति प्रदान हुदैन’ अध्यक्ष नेपालले भने,‘पार्टीमा नीति, सिद्धान्त र बिचार प्रदान हुन्छ ।’ ओलीले नेतृत्व गरेको पार्टी कम्पनी भएको र यसको बिलय हुन समय नलाग्ने दाबी समेत गरे ।
विचार नसुन्ने, कार्यकर्ताको भावना माथी कुठाराघात गर्ने प्रतिगमनका मतियार बन्ने ओली प्रबृत्ति बिरुद्ध बिद्रोह गर्न बाध्य भएर आफ्नो पार्टी जन्मिएको बताए । नेपालको इतिहासमा बिद्रोह गरेको कम्युनिष्ट पाटी फस्टाएको उदाहरण दिदै अध्यक्ष नेपालले ओलीले नेतृत्व गरेको फाउण्डेसन पार्टी केशरजंग रायमाझी भन्दा फरक नहुने जिकिर गरे ।
अधिकांश समय नेकपा एमाले अध्यक्ष केपी ओलीलाई गाली गर्नेमै खर्चिएका थिए । सरकारमा रहदा अर्वौ आर्थिक भष्टचार गरेको आरोप लगाउदै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई धुजा धुजा बनाउन ओली तल्लिन रहेको बताए । पार्टीमा बिचार, सिद्धान्तका काम ठिक भएमा सबैले वाह वाह भन्ने बताउदै बिचार नभएकोलाई बाई बाई गनुपर्ने नेपालले बताए ।
अध्यक्ष नेपालले निर्वाचनमा काग्रेस, माओबादी, समाजबादी, जसपा, जनमोर्चा मिलेर चुनाब लड्ने बताउदै नेपालले आगामी चुनाबमा ओली फाउण्डेसनको भबिष्य सकिने दावी गरे ।