Trulli
गण्डकी प्रदेशप्रदेश गतिविधिसमाचारसूचना/जानकारी

तनहुँमा सवारी दुर्घटना एकको मृत्यु, एक घाईते

घाईतेको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार हुदै

पोखरा । आइतबार साँझ  सवारी दुर्घटना हुँदा तनहुँमा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा १८ वर्षीय रोशन गुरुङ रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार व्यास १० दुम्सीचौरका १८ वर्षका रोशन घर्ती घाइते छन् । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको बताइन्छ । 

प्रहरीका अनुसार आइतबार साँझ ६ बजे तनहुँको गल्वुवेशीमा गाडी र मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो । ब्यास नगरपालिका वडा नं. १ गल्वुवेशीमास्थित भित्रि सडकमा को१ध ४० नम्वरको नेपाल विद्युत प्राधिकरणको गाडी र ग२१प ४९३६ नम्वरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको र सो दुर्घटनामा गुरुङको मृत्यु भएको तनहुँ प्रहरी प्रवक्ता एवं डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।

डिएसपी तिमिल्सिनाका अनुसार दुर्घटना पश्चात् मोटरसाइकल, गाडी र गाडी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य शुरु गरिएको छ । 

Trulli

Related Articles

प्रतिक्रिया लेख्नुहोस्

Back to top button