Trulli
Breaking Newsगण्डकी प्रदेशप्रदेश गतिविधिसमाचारसूचना/जानकारी

शनिबार कास्कीका विभिन्न ठाँउमा विद्युत अवरुद्ध हुने

पोखरा। भोली शनिबार कास्कीका विभिन्न ठाँउहरुमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । कतै बिहान एक घण्टा त कतै बेलुकासम्म विद्युत सेवा अवरुद्ध हुन लागेको नेपाल विद्युत प्राधिकरण पोखरा वितरण शाखाले जनाएको छ ।

नयाँ मोदी  १३२ केभि प्रशासरण लाइन आयोजनाले  मोदी पोखरा १३२ केभि प्रशारण लाइन सट्डाउन माग गरेकाले अन्नपूर्ण गाँउपालिकाका बिरेठाटी, लामदुवाली, दाङसिङ, मोहरिया ,घान्द्रुक लगायतका क्षेत्रहरुमा शनिबार बिहान ६ बजेदेखि बेलुकी ५ बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुन लागेको हो ।

यसैगरी पोखरा १३२ केभि सवस्टेशन लेखनाथ वेको ब्रेकर मर्मत संभार कार्यका लागि भने जिल्ला १ घण्टा सेवा अवरुद्ध हुने जनाइएको छ । 

पोखरा वितरण केन्द्र अन्तर्गत हेम्जा सवस्टेशन र पोखरा ग्रिड सवस्टेशनबाट सप्लाइ हुने सम्पूर्ण फिडर बिहान १० बजेदेखि ११ बजेसम्म कास्की भर विद्युत सेवा अवरुद्ध हुने भएको हो । यधपी तोकेको समय अगावै कार्य सम्पन्न भएमा नियमित विद्युत आपूर्ति गरिने केन्द्रले जनाएको छ ।

Trulli

Related Articles

प्रतिक्रिया लेख्नुहोस्

Back to top button